बोनम्यारो ट्रान्सप्लान्ट सम्बन्धी फेलोसिपका लागि स्वास्थ्य मन्त्रालयले माग्यो आवेदन

640
Shares


काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरापी’ का लागि आवेदन माग गरेको छ ।

मन्त्रलायले सूचना जारी गर्दै ले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीमा हुने ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरेपी’ फेलोसिपका लागि आवेदन माग गरेको हो ।

मन्त्रालयले स्वास्थ्य सेवाको स्थायी दरबन्दीमा कार्यरत बालरोग विशेषज्ञहरुलाई ३ दिन भित्र  निवेदन दिन सूचित गर्दै उक्त फेलोसिप तालिम लिन चाहने बालरोग विशेषज्ञले पीडियाट्रिक हेमाटोलोजि अंकोलोजि तालिम लिएको हुनुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

निवेदन दिएका मध्येबाट मन्त्रालयले एक जना विशेषज्ञलाई उक्त फेलोसिप तालिमका लागि छनौट गर्नेछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *