कोभिडबिरुद्धको खोप सबै नेपालीले नि:शुल्क पाउनेछन् : प्रधानमन्त्री

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडबिरुद्धको खोप सबै नेपालीले निशुल्क पाउने बताएका छन् । खोप अभियानको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो बताएका हुन् ।

सबै नेपालीलाई खोप निशुल्क हुन्छ । र प्राथमिकताका आधारमा सबैलाई दिइन्छ । यसमा तपाईँ सबै निश्चिन्त हुनुहोस् । प्रधानमन्त्री ओलीले भने ।

उनले १० लाख डोज अनुदानमा खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरे । उनले अहिले खोप लिएकाहरुले २८ दिन पछि दोस्रो डोज खोप लिनुपर्ने भन्दै त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिए ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाले शक्तिशाली राष्टहरुलाई समेत अफ्टेरो पारेको भन्दै नेपालले त्यसमा डटेर सामना गरेको उल्लेख गरे । उनले कोभिडविरुद्ध खटिने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद भन्दै मृत्यु भएका प्रति श्रद्धान्जली व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *