कोरोनाबिरुद्धको खोप शुभारम्भ

काठमाडौँ, १४ माघ । कोरोनाबिरुद्धको खोप शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट भर्च्युअल माध्यमबाट अभियानको शुभारम्भ गरेका हुन् ।

भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख डोज खोपबाट अभियान शुरु गरिएको हो ।

सेरम इन्स्टिच्युट इन्डियाले उत्पादन गरेको कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाउन शुरु गरिएको हो । यो ७० प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ ।

अभियान शुभारम्भको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिदै खोप लगाएपनि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेकी छन् । उनको सन्देश स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पढेर सुनाएका थिए ।

भण्डारीले विश्वमा कोभिडविरुद्धको खोप अभियान शुरु भएको डेढ महिना भित्रै नेपालमा पनि यो शुरु भएको भन्दै खुशी व्यक्त गरेकी छन् ।

सार्क राष्ट्रमा नेपाल कोरोनाबिरुद्ध खोप शुरु हुने दोस्रो देश बनेको छ । यसअघि भारतमा मात्रै यो खोप लगाइएको थियो ।

स्वास्थ्य मन्त्री त्रिपाठीले नेपालले सोचेभन्दा छिटो खोप अभियान शुभारम्भ भएको बताए । उनले शुरु भएको १० दिन भित्र पहिलो चरणको खोप लगाई सकिने भन्दै आज पहिलो दिन १२ हजार बढीले खोप लगाउने बताए ।

उनले पहिलो चरणमा देशभरका ३०० वटा खोप केन्द्रबाट खोप लगाइने समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *