नेपालले दियो कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपलाई आपतकालिन प्रयोगको अनुमति

काठमाडौँ, २ माघ । नेपालले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ खोपलाईआपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको हो।
‘कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ। औषधि व्यवस्था विभागले दुई दिन अघि आपतकालीन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



