
काठमाडौँ, २ माघ । नेपालले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ खोपलाईआपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको हो।
‘कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ। औषधि व्यवस्था विभागले दुई दिन अघि आपतकालीन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।