एमडी/एमएस, एमडीएस र एमपीएच अध्ययन् गर्न चीनले दियो छात्रबृत्तिका ४२ कोटा
काठमाडौँ, १ माघ । चीन सरकारले आफूकहाँ आई चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह (एमडी/एमएस/एमडीएस र एमपीएच) विषय अध्ययन् गर्न नेपालका लागि छात्रबृत्ति उपलव्ध गराएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार एमडीएमएसमा १४, एमपीएचमा २ र एमडीएसमा ४ गरी कुल २० वटा विषयमा ४२ जनाका लागि छात्रबृत्ति उपलव्ध गराएको हो ।
यी सबै यसबर्षका लागि नेपालका लागि उपलव्ध गराइएका कोटा हुन् । मन्त्रालयले आगामी १५ माघ भित्र योग्यता पुगेका इच्छुक नेपालीले फारम भर्न सक्ने बताएको छ । मन्त्रालयले छात्रबृत्तिमा छनौटका लागि केही मापदण्ड समेत उल्लेख गरेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



