एमडी/एमएस, एमडीएस र एमपीएच अध्ययन् गर्न चीनले दियो छात्रबृत्तिका ४२ कोटा

काठमाडौँ, १ माघ । चीन सरकारले आफूकहाँ आई चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह (एमडी/एमएस/एमडीएस र एमपीएच) विषय अध्ययन् गर्न नेपालका लागि छात्रबृत्ति उपलव्ध गराएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार एमडीएमएसमा १४, एमपीएचमा २ र एमडीएसमा ४ गरी कुल २० वटा विषयमा ४२ जनाका लागि छात्रबृत्ति उपलव्ध गराएको हो ।

यी सबै यसबर्षका लागि नेपालका लागि उपलव्ध गराइएका कोटा हुन् । मन्त्रालयले आगामी १५ माघ भित्र योग्यता पुगेका इच्छुक नेपालीले फारम भर्न सक्ने बताएको छ । मन्त्रालयले छात्रबृत्तिमा छनौटका लागि केही मापदण्ड समेत उल्लेख गरेको छ ।

विस्तृत जानकारीका लागि सूचना हेर्न यहाँ क्लिक गरौँ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *