कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या १९२७ पुग्यो

96
Shares

काठमाडौँ, २७ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ पुगेको छ ।

थप ५ हजार ३०९ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ४ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ५ सय २७ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी १६३ जना आइसीयूमा र ३७ जना भेन्टीलेटरमा उपचाररत छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *