कोरोनाको नयाँ संक्रमण थपिएपछि भुटानमा आजबाट देशव्यापी लकडाउन

थिम्पु, ८ पुस । पछिल्लो दुई दिनमा राजधानीमा थिम्पुमा मात्रै कम्तीमा २६ जना नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि भुटान सरकारले आजबाट देशव्यापी लकडाउन शुरु गरेको छ । यसअघि मंगलबार नै प्रधानमन्त्री लोटे छिरिङले संक्रमणको जोखिम रोक्नका लागि बुधबार (आज)बाट कम्तीमा एक सातासम्म देशव्यापी लकडाउन गर्न लागिएको घोषणा गरेका थिए ।

‘थिम्पुमा ५ जना, पारोमा ३ जना र एक जना लामो जिखामा नयाँ केश भेटियो । यो स्थानीय संक्रमण हो । त्यसकारण हामीले भोलिबाट नै देशव्यापी लकडाउनको घोषणा गर्नुपरेको हो,’ प्रधानमन्त्री छिरिङले हिजो देशवासीलाई सम्वोधन गर्नै क्रममा बताएका थिए ।

उनले थिम्पुमा कति केश छन् भनेर थाह नभएको तर दुई दिनमा २६ नयाँ केश भेटिएको भने जानकारी भएको बताए ।

आफूहरुसंग परीक्षणका लागि १ लाख किट रहेको र आवश्यक परे पाँच लाखसम्म पु¥याउन सकिने बताए ।

मंगलबारसम्म भुटानमा ४७९ नयाँ कोरोना संक्रमित पुगेका छन् । त्यसमध्ये ४३० जना निको भइसकेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *