कोरोनाभाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

वासिङ्टन, ७ पुस । कोरोनाभाइरसको नयाँ संस्करणबाट संक्रमणमा परेकाहरुमा पनि फाइजर र कोडर्नाले तयार बनाएको कोभिड -१९ विरुद्धको खोप परीक्षण गरिएको छ ।

यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ ।

“अहिलेसम्मको विश्लेषण अनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,” मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यस बारेमा थप विवरण भने आगामी हप्ता जानकारी दिइने पनि वक्तव्यमा जनाइएको छ । परीक्षणका लागि केही रगत संकलन गरेर सम्बन्धित ठाउँमा पठाइएको छ ।रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *