कोभिडविरुद्धको खोप प्रयोग गर्न भारतको सिरम इन्स्टिच्युटले पनि माग्यो अनुमति

412
Shares

नयाँ दिल्ली । कोरोना भाइरसको खोप निर्माण गर्ने विदेशी कम्पनी फाइजर बायोटेक पछि स्वदेशी कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले पनि भारतमा कोरोना भाइरस खोप आकस्मिक प्रयोगका लागि अनुमति मागेको छ ।

उच्च स्रोतका अनुसार सिरम इन्स्टिच्युट अफ इन्डियाले आइतबार आफूले तयार गरेको “कोन्डाजाइन कोभिड – १९ भ्याक्सिन कान्डिडेट ‘सीडीएक्स – ००५” को आकस्मिक प्रयोगका लागि अनुमति दिन भारतीय औषधि महानियन्त्रक कार्यलयमा निवेदन दर्ता गराएको छ ।

अक्सफोर्ड तथा एस्ट्राजेनेकाद्धारा विकसित यो खोप अहिले सिरम इन्स्टिच्युटले भारतमा धमाधम उत्पादन भइरहेको छ । यसको क्लिनिकल ट्रायल समेत चलिरहेको छ ।

स्वास्थ्य अधिकारीहरुले भारतमा कोरोना भाइरसविरुद्ध अकस्मिक प्रयोगका लागि अनुमति माग्ने पहिलो भारतीय कम्पनी भएको बताएका छन् ।

यसअघि अमेरिकी कम्पनी फाइजरले कोरोनाविरुद्ध प्रयोग गर्न तयार गरेको खोप भारतमा प्रयोग गर्न गत बुधबार नै निवेदन दर्ता गराएको छ । यो कम्पनीले तयार गरेको खोप माइन ७० डिग्री सेल्सीसियसमा भण्डारण गर्नुपर्ने बताइएको छ ।

तर, सिरमले तयार गरेको सीडीएक्स ००५ खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिने बताइएको छ ।

सिरमको खोप प्रयोगमा आउँदा नेपाल सहित  दक्षिण एसियाका अन्य मूलुक र कम तथा मध्यम आय भएका विश्वका धेरै मुलुकलाई फाइदा हुने अधिकारीहरु बताउँछन् ।

अहिले धेरै देशमा २ देखि ८ डिग्री सेल्सीसियस तापक्रममा रहने खोप भण्डार गर्ने रेप्रिजरेटरहरु रहेको बताइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *