लोक सेवा आयोगले माग्यो स्वास्थ्य सेवाका सातौँ र आठौँ तहसहित तीन सय पदमा दरखास्त

10.2k
Shares


काठमाडौँ, २६ कात्तिक । लोक सेवा आयोगले स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका पदसहित करिब तीन सय पदका लागि दरखास्त आह्वान गरेको छ।

बुधबार सूचना निकाल्दै राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन आयोगले गरेको छ।

दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने आयोगले बताएको छ। निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

आयोगले परीक्षा मिति भने पछि तय गरिने जनाएको छ। तर बहालवाला निजामति कर्मचारीको हकमा भने उमेरहद लाग्ने छैन। परीक्षा मिति पछि तय गरिने आयोगले बताएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सिफारिसका आधारमा आयोगले यी पदमा विज्ञापन खुलाएको हो।

आयोगका  अनुसार ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *