कोरोना भाइरसविरुद्ध बनाएको खोपको क्लिनिकल ट्रायल अक्सफोर्ड युनिभर्सिटीले किन रोक्यो ?
एजेन्सी । कोरोना भाइरसलाई नियन्त्रणमा लिनका लागि एस्ट्राजेनका र अक्सफोर्ड युनिभर्सिटीले बनाइरहेको भनिएको खोपको (क्लिनिकल ट्रायल (परीक्षण) रोकिएको छ । परीक्षण गरिएका एकजना व्यक्ति बिरामी परेपछि खोप परीक्षण रोकिएको हो ।
एस्ट्राजेनेकाले अहिले खोप परीक्षण रोकिएको पुष्टि गरेको छ । उसले बिरामी भएको व्यक्तिको बारेमा अहिलेसम्म केही थाह नभएको उल्लेख गरेको छ ।
अक्सफोर्ड युनिभर्सिटीमा गरिएको खोप परीक्षणमा संसारभरका मानिसहरु आशावादी थिए । तेस्रो चरणमा परीक्षण भइरहेको यो खोप सबैभन्दा अघि भएको समेत बताइएको थियो । सबैभन्दा पहिलो यो खोप बिश्व बजारमा आउँने विज्ञहरुको अनुमान थियो । अक्सफोर्डले यसबेला संसारका करीब एक दर्जन स्थानका ३० हजार मानिसमा यो खोप परीक्षण चलाएको थियो ।
बीबीसीका अनुसार अब एस्ट्राजेनेकाले विश्वभर चलाएको परीक्षण रोकिएको छ । बिरामी के कसरी भयो भन्ने एक स्वतन्त्र जाँच हुने र त्यसले दिने रिपोर्टको आधारमा यो जाँच अघि बढाउने कि स्थगित गर्ने भन्ने निधो हुने बताइएको छ ।
अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले भने बृहत रुपमा गरिएको परीक्षणमा बिरामी हुने सम्भावना हुन्छ यसको गम्भीरताका साथ छानवीन हुने र पुन परीक्षण हुने बताए । तर बिरामी हुने कारण तत्काल पत्ता नलागे परीक्षण रोकिने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

