मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमित बढ्दै

0
Shares


माले,८ भदौ । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ ।

मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका प्राप्त समाचारमा जनाइएको हो ।

यहाँ कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको स्थानीय मिडियाहरुले जनाएका छन् ।

मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार यहाँ संक्रमण हुने व्यक्तिको संख्या ६ हजार ७७९ पुगेको छ ।

यहाँका संक्रमितमध्ये ४ हजार २२२ जना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ५३२ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् ।

अधिकारीहरुले यहाँ बाहिरबाट आएका व्यक्तिहरुबाट कारोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् । रासस/एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *