भारतमा सङ्क्रमितको संख्या तीस लाख पुग्यो, एकैदिनमा ७० हजार सङ्क्रमित

0
Shares


नयाँदिल्ली ६ भदौ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरुकाअनुसार कुल सङ्क्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । ती मध्ये ६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

कुल सङ्क्रमित मध्ये छ लाख ९७ हजार ३३० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक २२ लाख २२ हजार ५७८ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ५५ हजार ७९४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । ती मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा मृत्यु भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाका कारण २१ हजार ६९८ जनाको मृत्यु भएको छ भने एक लाख ६४ हजार ८७९ जना सङ्क्रमित भएका छन् ।   रासस/एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *