भारतमा एकै दिन ६१ हजार कोरोना सङ्क्रमित

0
Shares


नयाँदिल्ली, २८ साउन । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २३ लाखभन्दा बढी पुगेको छ ।

भारतमा कोरोनाकै कारण अहिलेसम्म ४६ हजार ९१ जनाको मृत्यु भएको छ । तीमध्ये ८३४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कुल सङ्क्रमित २३ लाख २९ हजार ६३९ मध्ये छ लाख ४३ हजार ९४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ३९ हजार छ सय जना निको भएका छन् ।    रासस/एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *