काठमाडौँ उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमण आज, बेलुकासम्म संक्रमित १०२ जना

काठमाडौँ, २१ साउन । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमण आज देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा बुधबार बेलुकासम्म १०२ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखा परेको हो ।

महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार संक्रमितमा ७५ जना पुरुष र २७ जना महिलाहरु छन् । उनले केही अस्पतालका चिकित्सक तथा अन्य कर्मचारी समेत संक्रमणमा परेको बताए । यस्तै केही प्रहरीहरु समेत रहेको जानकारी दिए ।

इडिसिडीले आजका कुल संक्रमितमध्ये ५६ जना अस्पतालमा र २० जना होम आइसोलेसनमा व्यवस्थापन गरेको जनाएको छ । १६ जना सक्रमित भने मोवाइल अफ गरी सम्पर्क विहीन भएका छन् । बाँकी दश जना भने गाँउ तर्फ लागेका छन् ।

जनस्वास्थ्य अधिकृत कोइरालाले आज थपिएकामध्ये ३२ जनाले कोरोनाको लक्षण आफूहरुमा भएको बताएको जानकारी दिए ।
उनले संक्रमितमध्ये ९० प्रतिशत बढी उपत्यका बाहिरबाट भर्खरै भित्रिएका र केही भारतीय नागरिक समेत रहेको बताए ।

संख्या बढने र कतिपयले सही सम्पर्क नम्बर समेत नदिने र कतिपयले स्वीच अफ गर्ने कारणले कन्ट्याक्ट टेसिङमा समेत अफ्टेरो परेको र राजधानीमा झनै खतरा बढाएको कोइरालाले बताए ।

स्वास्थ्य मन्त्रालयले अपरान्ह सवा ४ बजे सार्वजनिक गरेको कोरोना अपडेट विवरणमा उपत्यकामा ६२ जनामा संक्रमण भएको बताएको थियो । देशभर भने पछिल्लो २४ घण्टामा ३८१ जनामा कोरोना संक्रमण भएको बताएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *