‘उपकुलपति नियुक्त भइसकेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकी पदको नियुक्तीमा किन ढिलाई ?’

312
Shares

काठमाडौँ, १२ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक कल्याण समाज दाङले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकी पदाधिकारीहरुको नियुक्ती प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सोमबार बसेको बैठकले प्रतिष्ठानको नेतृत्व तहले लामो समयसम्म पूर्णता नपाउँदा नीतिगत निर्णय, शैक्षिक कार्यक्रम, मानव स्रोत व्यवस्थापन, अनुसन्धान, वित्तीय प्रशासन तथा सेवा प्रवाह प्रभावित हुने अवस्था सिर्जना हुने भन्दै त्यसको असर नागरिक र समग्र स्वास्थ्य प्रणालीमा हुने निस्कर्ष निकालेको छ ।

बैठक र त्यसले गरेका निर्णयका सन्दर्भमा जानकारी दिन समाजका अध्यक्ष डा. कृष्णकुमार राईले आज एक विज्ञप्ती जारी गर्दै उपकुलपति बाहेकका बाँकी पदाधिकारीहरुको नियुक्ती प्रक्रियालाई यथाशीघ्र अघि बढाउन भनेका छन् ।

हुन पनि गत वैशाख १९ गते अध्यादेश मार्फत सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई पदमुक्त गराएको थियो । कतिपय प्रतिष्ठानमा त्यसअघि नै पदाधिकारीहरु पदमुक्त हुँदा निमित्तको भरमा चलेको थियो ।

पछिल्लो समय सबै जसो स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदमा नियुक्ती भए पनि बाँकी पदहरुमा नियुक्ती भएको छैन ।

समाजले बाँकी पदाधिकारीहरुको नियुक्ती प्रक्रियालाई शीघ्र, पारदर्शी , निष्पक्ष तथा योग्यताको आधारमा गर्न भनेको छ । उनले स्वास्थ्य मन्त्रालय देखि प्रधानमन्त्री कार्यालयको समेत ध्यानाकर्षण गराउँदै भनेको छ, ‘प्रतिष्ठानहरुको संस्थागत निरन्तरता, सुशासन तथा प्रभावकारी कार्यसम्पादनलाई उच्च प्राथमिकतामा राखी आवश्यक निर्णय लिन यस समाज आग्रह गर्दछ ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *