भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार

नयाँ दिल्ली, १० साउन । भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ ।
यससँगै भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ ।
उक्त अवधिमा थप ७५७ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३१ हजार ३५८ कारोनाभाइरस सङ्क्रमितको मृत्यु भइसकेको छ ।
भारत सङ्क्रमणका दृष्टिकोणबाट विश्वको तेस्रो स्थानमा रहेको छ तर भारतमा अधिकांश विरामी निको भई घर फर्किइसकेका छन् ।
शनिबारसम्ममा चार लाख ५८ हजार २०५ व्यक्ति कोभिड–१९ बाट अझै पनि सङ्क्रमित रहेका छन् । रासस/एएनआई
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



