पछिल्लो २४ घण्टामा थपिए भारतमा ३७ हजार र अमेरिकामा ६० हजार भन्दा बढी  कोरोना संक्रमित


६ साउन । पछिल्लो २४ घण्टामा भारतमा  ३७  हजार भन्दा बढी  र  संयुक्तराज्य अमेरिकामा  ६० हजार  भन्दा बढी  कोरोना भाइरस संक्रमति थपिएका छन् ।

सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ५५ हजार १९१ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले पनि ४ लाख २ हजार ५२९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख २४ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख १८ हजार ६९५ जना संक्रमित भएका छन् भने संक्रमणको कारण १२ हजार ३० व्यक्तिको मृत्यु भएको छ । त्यसपछि तमिलनाडुमा १ लाख ७५ हजार ६७८ संक्रमित रहेका छन् । राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २३ हजार ७४७ कोरोना भाइरस संक्रमित रहेका छन् ।

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी)ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो ।

त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । यहाँ संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ ।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म संक्रमितको संख्या ३८ लाख नाघेको छ ।उक्त विश्वविद्यालयले यहाँ १ लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८८ जना संक्रमितको निधन भएको बताइएको छ ।

संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो । तर पछि आएर धेरै राज्यमा व्यपार व्यवसाय पनि शुरु भएको छ ।यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको देशका रुपमा रहेको छ । सोमबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन सबैलाई अपिल गरेका छन् ।

विगतमा लामो समयसम्म उहाँ आफैले पनि मास्क नलगाउने गरेका थिए । आगामी नोभेम्बरमा यहाँ राष्ट्रपतीय निर्वाचनको अभियान शुरु हुदैछ । त्यसैले सो निर्वाचन झन् कोरोना महामारी फैलिन सक्ने त्रास देखिएको छ ।

सीडीसीले पछिल्लो समय देशका दक्षिणी र पश्चिमी राज्यहरूमा संक्रमितको संख्या निकै बढेको छ । यसबारे अध्ययन अनुसन्धान गरिरहेका वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।

रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *