बेलायत र चीनमा विकशित कोरोनाभाइरसका दुई खोपहरू ‘प्रतिरक्षा क्षमता उत्पादन’ गर्न सफल

पेरिस, ६ साउन ।  कोरोनाभाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् ।

ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको बेलायत तथा चीनमा भएका परीक्षणले पुष्टि गरेको र ती खोपहरू मानव शरीरमा प्रयोग गर्न सुरक्षित रहेको चिकित्सकहरूले बताएका हुन् ।

मानवको लागि सुरक्षित साबित भएका ती दुबै खोपको छुट्टै क्लिनिकल परीक्षणमा संलग्न बिरामीहरुमा कडा प्रतिरक्षा प्रतिक्रिया देखाएको उनीहरूको दावी रहेको छ ।

बेलायतका एक हजारभन्दा बढी वयस्कहरूमध्येको पहिलो परीक्षणले पत्ता लगायो कि खोपले नोबेल कोरोनाभाइरसको बिरूद्ध ‘कडा एन्टीबडी र टी सेल प्रतिरक्षा प्रतिक्रिया’ देखाएको थियो ।

खोपको प्रयोगले श्वेत रक्तकोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ । जसका कारण महामारीविरूद्धको विश्वव्यापी लडाईंमा ठूलो आशा पलाएको छ । यद्यपि अनुसन्धानलाई थप ठूलो समूहमा परीक्षण जारी राखिएको र यसको रिपोर्ट आउन अझै केही समय कुर्नुपर्नेछ ।

बेलायतमा विकशित खोपको सफलतासँगै बेलायत सरकारले खोपको १० करोड मात्राको माग गरिसकेको पनि बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै चीनमा ५०० भन्दा बढी मानिसहरुमा गरिएको एक अलग परीक्षणमा पनि अत्यधिक व्यक्तिमा व्यापक रोगप्रतिरोधी प्रतिक्रिया विकसित गरेको देखिएको छ ।

यसबारे ‘द लान्सेट नामक मेडिकल जोर्नल’ (अनुसन्धानमुलक पत्रिका) मा प्रकाशित अध्ययन प्रतिवेदनमा ती दुबै खोपहरू कोभिड–१९ विरूद्ध व्यापक प्रयोगका लागि उपयोगी, प्रभाबकारी तथा सुरक्षित देखिएको बताइएको हो ।

अनुसन्धानमा सहभागी अध्ययनका लेखकहरूले भने कि तिनीहरूले खोप उम्मेदवारहरूबाट केही प्रतिकूल (साइड इफेक्ट) को सामना गरे । उनीहरूले विशेष गरी वयस्कहरूमा अझ बढी अनुसन्धान आवश्यक रहेको बताएका छन् । बयस्कहरू, जो असान्दर्भिक रूपमा कोभिड–१९ का कारण मृत्यको जोखिममा रहन्छन, उनीहरूमाथिको थप परीक्षण आवश्यक छ ।

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धान प्रतिवेदनका सह–लेखक सारा गिलबर्टले नतिजाले ‘निकै आशावादी’ बनाएको बताइन् । उनले भनिन्, “यदि हाम्रो खोप प्रभावकारी छ भने यो आशाजनक विकल्प हो किनकि यस किसिमका खोपहरू ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *