ह्याम्स अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौँ, १९ असार । कोरोना भाइरसको संक्रमण समेत देखिएका एक जना बिरामी (पुरुष)को धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

उच्च रक्तचाप र पार्किन्सनबाट पिडीत ८५ बर्षीय पुरुषको गत बुधबार राती ११ बजे अस्पतालमा मृत्यु भएको हो । मृतक काठमाडौँ नयाँ बानेश्वर निवासी हुन् ।

स्वास्थ्य मन्त्रालयको शुक्रबारको कोभिड – १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका उनको एक निजी अस्पतालमा निधन भएको जानकारी दिएका थिए ।

‘छाती दुखेको र पिसाव कम भएपछि काठमाडौंकै एक निजी अस्पताल लगिएकोमा आइसोलेसनमा राखी उपचार गर्दा असार १७ गते राति ११ बजे मृत्यु भयो । उहाँमा कोरोना पोजेटिभ समेत थियो,’ डा गौतमले बताएका थिए ।

सो निजी भनिएको अस्पताल  ह्याम्स रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

त्यसो त बिहीबार पनि सो अस्पतालमा उपचाररत केही विरामी र कर्मचारीमा संक्रमण देखा परेको बताइएको थियो । तर सबैको सुरक्षित ढंगले उपचार र आइसोलेट गरिएको अस्पतालले बताएको छ ।

यो संगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *