अब कोरोना संक्रमितको उपचारमा समस्या परे ‘९८५१२५५८३९’ नम्बरमा फोन गर्नुस्

काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ पछि अस्पताल विरामी प्रेषण गर्दा आउनसक्ने समस्याको समाधान गर्न चार सदस्यीय चिकित्सकीय समिति गठन गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधवप्रसाद लम्सालको संयोजकत्वमा समिति गठन गरेको हो ।

उक्त समितिले कोरोना पोजेटिभ भइसकेपछि संक्रमितहरुलाई एक अर्को अस्पतालमा प्रेसण गर्दा समस्या परेमा आवश्यक सहजीकरण गरी समाधान गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले अस्पताल तथा स्वास्थ्यकर्मीमा देखिने अन्योलता तथा अन्य समस्या चिर्नका लागि डा लम्सालको नेतृत्वमा चिकित्सकीय समिति गठन भएको बताए । उनले समस्या परेमा चौविस घण्टे हटलाइन नम्बर ११३३ र ९८५१२५५८३९ मा सम्पर्क गर्न समेत अनुरोध गरे ।

केहिदिन अघि मात्रै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको एक जना संक्रमितको उपचार गर्न समन्वय अभाव हुँदा ज्यान गएको समाचार आएको थियो । समन्वयको अभावमा यस्ता घटना नदोहोरियोस भनेर समिति बनाइएको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *