लकडाउन खुकुलो बनाउँदै सरकार, पसल र निजी सवारी साधन चल्ने

0
Shares

काठमाडौँ, २८ जेठ । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्रीको निवास लुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्दै खुकुलो पार्ने निर्णय गरेको हो ।

बैठकले पसलहरु सञ्चालन गर्न दिने, निजी सवारी साधन पनि जोर बिजोरको आधार बनाएर सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले बताए । यद्धपी यसको विस्तृत विवरण विहीबार सरकारका प्रवक्तामार्फत सार्वजनिक हुने उनले बताए ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत ११ चैत देखि लकडाउन शुरु गरेको थियो । लकडाउन लम्बिदै जाँदा आम सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको थियो । आर्थिक गतिविधि शुन्य प्राय भएको थियो । सरकारमाथि लकडाउन खुकुलो बनाउन समेत दवाव बढदै गएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *