पछिल्लो चौविस घण्टामा २७८ जना थपिए कोरोना संक्रमित
काठमाडौँ, २३ जेठ । पछिल्लो चौविस घण्टामा देशभर थप २७८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले दैलेख, जुम्ला, कपिलवस्तु, पाल्पा, सिन्धुली, बारा, रुपन्देही, तनहुँ, लगायतका विभिन्न जिल्लाका रहेका छन् ।
डा देवकोटाले पछिल्लो चौविस घण्टामा कोरोना जितेर ४३ जना डिस्चार्ज भएको बताए ।
यो संगै अहिलेसम्म ३३३ जना कोरोना जितेर घर फर्केका छन्। जसमा ६१ जना महिला र २७२ जना पुरुष रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



