पछिल्लो चौविस घण्टामा २७८ जना थपिए कोरोना संक्रमित

काठमाडौँ, २३ जेठ । पछिल्लो चौविस घण्टामा देशभर थप २७८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले दैलेख, जुम्ला, कपिलवस्तु, पाल्पा, सिन्धुली, बारा, रुपन्देही, तनहुँ, लगायतका विभिन्न जिल्लाका रहेका छन् ।

डा देवकोटाले पछिल्लो चौविस घण्टामा कोरोना जितेर ४३ जना डिस्चार्ज भएको बताए ।

यो संगै अहिलेसम्म ३३३ जना कोरोना जितेर घर फर्केका छन्। जसमा  ६१ जना महिला र २७२ जना पुरुष रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *