धुवाँसंग नउडाँउ है अमूल्य यो जीवन

24
Shares
  • राधादेवी भट्टराई
– राधादेवी भट्टराई

सार्वजनिक ठाँउमा मात्रै होइन धूमपान निषेध !
घरपरिवार समाजबाटै गरौँ यसलाई आजै बन्देज !!

हुन्न हजुर जिन्दगीलाई धुवाँमा उडाउन !
हुन्न हजुर स्वस्थ जीवन अस्वस्थ बनाउन  !!

किन खानु सूर्ति गुट्खा रोगलाई निम्त्याउन !
स्वस्थ हाम्रो फोक्सो अनि कलेजोलाई सिध्याउन !!

हरेक बर्ष थपिदैछन् नयाँ नयाँ रोगहरु !
रोग लागि सकेपछि भन्छौँ बल्ल कसो गरुँ ?

निरोगी यो शरीरलाई रोगी बनाएर !
कहाँ  मिल्छ फेरी जीवन पैसा खन्याएर  !!

क्यान्सर टिवी दमको रोगी बढ्दैछन् दिन दिन !
धुवाँसंग नउडाँउ है अमूल्य यो जीवन !!

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *