सबै राष्ट्रसेवक कर्मचारीलाई एक लाखसम्मको नि:शुल्क कोरोना वीमा
काठमाडौँ, १५ जेठ । सरकारले सबैखाले राष्ट्रसेवक कर्मचारीलाई एक लाख रुपैयाँसम्मको निशुल्क कोरोना बीमा गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दा सो जानकारी दिएका हुन् ।
पछिल्लो समय कोरोना वीमा कार्यक्रमले लोकप्रियता पाएको छ ।
उनले कोरोना रोकथाम तथा उपचारको अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यर्कीहरुलाई दिइने सतप्रतिशत सम्मको भत्ताको व्यवस्थासमेत मिलाएको जानकारी दिएका छन् ।
सरकारले यसअघि नै कोरोनाविरुद्ध खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई १००, ७५ र ५० प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




