सबै राष्ट्रसेवक कर्मचारीलाई एक लाखसम्मको नि:शुल्क कोरोना वीमा

काठमाडौँ, १५ जेठ । सरकारले सबैखाले राष्ट्रसेवक कर्मचारीलाई  एक लाख रुपैयाँसम्मको निशुल्क कोरोना बीमा गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दा सो जानकारी दिएका हुन् ।

पछिल्लो समय कोरोना वीमा कार्यक्रमले लोकप्रियता पाएको छ ।

उनले कोरोना रोकथाम तथा उपचारको अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यर्कीहरुलाई दिइने सतप्रतिशत सम्मको भत्ताको व्यवस्थासमेत मिलाएको जानकारी दिएका छन् ।

सरकारले यसअघि नै कोरोनाविरुद्ध खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई १००, ७५ र ५० प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *