कोरोनाविरूद्धको लडाइँ जित्न चिकित्सक, नर्स स्वास्थ्यकर्मीको मनोबल बढाऔँः मन्त्री ढकाल

काठमाडौँ, २१ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाविरूद्धको लडाइँमा अगुवाई गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनुपर्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा सेभ द चिल्ड्रेनले दिएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको बताए ।

उनले सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमणबाट रोक्न सहयोग पुग्ने बताए । उनले स्वास्थ्य सामग्री सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई धन्यवाद दिँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा जनाइरहेको ऐक्यवद्धताका लागि आभार प्रकट गरे । मन्त्री ढकालले प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शी रूपमा बितरण गरिरहेका भैरहेको भन्दै कुन संस्थाले कति दिएको र कहाँकहाँ वितरण गरिएको भन्ने सबैले जानकारी लिन सक्ने बताए ।

सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिन लगायतका सामग्री उपलब्ध गराउँदै थप २ हजार पीपीई खरिद प्रक्रियामा रहेको सेभ द चिल्ड्रेनको अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले जानकारी दिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *