स्वास्थ्य सेवा विभाग व्यवस्थापनमा डा. मण्डल, पण्डितलाई मन्त्रालय तानियो

2.0k
Shares

काठमाडौँ, ९ भदौ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी डा बिरेन्द्रकुमार मण्डलले पाएका छन् । उनी यसअघि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा मेडिकल सुपरीटेन्डेन्टको रुपमा कार्यरत थिए ।

मण्डललाई व्यवस्थापन महाशाखामा लगेपछि मन्त्री मेहताले त्यहाँ निर्देशक रहेका केशवराज पण्डितलाई मन्त्रालय तानेकी छन् ।

व्यवस्थापन अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाबाट ठूला ठूला खरीदका कामहरु हुने गर्दछन् । पहिले निकै रोजाइको ठाउँ मानिने त्यस शाखामा अहिले भने कर्मचारीहरुलाई पठाउन गाह्रो हुने गरेको बताइन्छ । खरीदमा फस्ने हो कि भन्ने डरले त्यहाँ जान आनाकानी गर्ने गरेको कर्मचारीहरु बताउँछन् ।

मन्त्री मेहताले यसअघि नीति योजना तथा अनुगमन महाशाखाको प्रमुखमा डा विवेककुमार लाललाई जिम्मेवारी दिएकी छिन्। यस्तै उक्त महाशाखामा रहेका डा गुणनीधि शर्मालाई राष्ट्रिय क्षयरोग केन्द्रमा र केन्द्रमा रहेका डा भुवन पौडेललाई मन्त्रालयमा सरुवा गरेकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “स्वास्थ्य सेवा विभाग व्यवस्थापनमा डा. मण्डल, पण्डितलाई मन्त्रालय तानियो”

  1. स्वास्थ्य सेवा विभाग खारेज नगरी CDC नबनाई FDA र NHAA नबनाई काम छैन खरिद गर्ने कार्य केन्द्र ले सीमित गर्नु पर्छ!
    जनस्वास्थ्य रोग नियन्त्रण औषधि खाद्य पदार्थ मा काम नगरी कुशासन ले चल्दैन यो सरुवा गर्ने मेसो मिलाएर खाने जन अपेक्षा होइन!
    यसैको लागि विभत्स भएको हो??

Leave a Reply

Your email address will not be published. Required fields are marked *