रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या नौ सय नाघ्यो, ४२४७ जना सम्पर्क विहीन

काठमाडौँ, १५ भदौ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ । बाढीमा परेर सम्पर्क विहीन भएकाको संख्या ४ हजार २४७ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आज विहान ९ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै हालसम्मको घाइतेको संख्या २६७ जना रहेको र त्यसमध्ये १५६ जना डिस्चार्ज भएको बताएको छ ।
यसैगरी उद्दार गरिएकाहरुको संख्या १० हजार ४५१ जना रहेको पनि जानकारी दिएको छ ।
घटना पछि प्रभावित क्षेत्रमा उद्दार तथा सहायताका लागि २० हजार ८१९ जना सुरक्षाकर्मी परिचालन गरिएको समेत जनाएको छ । त्यसमा ८ हजार ७२२ जना नेपाली सेना, ७ हजार ८९४ जना नेपाल प्रहरी र ४ हजार २०३ जना सशस्त्र प्रहरी रहेको जनाइएको छ ।
प्राधिकरणले पहिचान खुल्न नसकेका शवहरु विभिन्न जिल्लाका २१ वटा अस्पतालहरुमा राखिएको जनाएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



