३२ जना बाढी पिडीतको उपचार भईरहेको त्रिवि शिक्षण अस्पतालको दृश्य (फोटो फिचर)

0
Shares

काठमाडौँ, ११ भदौ । हिजो विहान आएको भोटेकोशी त्रिशुली बाढीमा परि घाइते भएका ३२ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । ती मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अरु ८ जना आईसीयूमा, केही अर्थो वार्डमा, केही न्युरो वार्डमा र केहीको आकस्मिक कक्षमै राखेर उपचार उपचार भइरहेको छ । वार्ड भित्र बिरामीको उचपार चलिरहेका बेला बाहिर भने आफन्तको भीड छ ।

कोही अस्पतालमा ल्याइएका आफन्त छन्, कोही घाइतेको अवस्था बुझ्न आएका व्यक्तिहरु छन् । कोही हराइरहेका आफन्तहरु भेटिन्छ कि भन्दै बुझ्न आएका व्यक्तिहरु छन् । अस्पताले घाइतेको विवरण बाहिर नै टाँस गरेको छ ।

संगैसंगै नेपाल प्रहरी र काठमाडौँ महानगरको टोलीले हराइरहेको भन्दे खोजीका लागि आएका आफन्तहरुसंग नाम दर्ता गर्ने र विवरण लिने काम गरिरहेको छ ।

हेर्नुहोस आज दिउसो १ बजे अस्पतालको अवस्था

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *