निर्देशिका स्वीकृत : स्वास्थ्यकर्मीलाई १०० प्रतिशत जोखिम भत्ता दिन बाटो खुल्यो

काठमाडौँ, १८ बैशाख ।  कोरोना भाइरस ( कोभिड – १९)को रोकथाम तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता पाउने बाटो खुलेको छ । गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस (कोभिड -१९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ स्वीकृत गरेसंगै स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता पाउने बाटो खुलेको हो ।

यसअघि गत ९ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो । त्यस लगत्तै स्वास्थ्य मन्त्रालयले एक समिति बनाई निर्देशिका तयार गरेको थियो । मन्त्रालयले तयार गरेको सोही निर्देशिका गत आइतबारको मन्त्रिपरिषदको बैठकले पास गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध हुनेछ ।

कसले कति प्रतिशत भत्ता पाउने भनेर निर्देशिकामा उल्लेख भएको र सो अनुसार को को खटिएको छ भन्ने कुरा विवरणको सम्वन्धित स्वास्थ्य संस्थाको प्रमुखले वा तोकिएको व्यक्तिले प्रमाणित गर्नेछ ।

त्यसो त मन्त्रिपरिषदले कोरोना भाइरसको उपचार तथा रोकथाममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागि हुने चिकित्सक ,नर्स स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप २५ लाख बराबरको बीमा तथा क्षतिपूर्ति दिने समेत निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *