कान्ति बाल अस्पतालको ‘आइसोलेसन’मा कोरोना शंकास्पद ९ जना बच्चा

काठमाडौँ, १४ चैत । काठमाडौँ उपत्यकाका टेकु र पाटन अस्पताल मात्रै होइन यतिवेला महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा पनि कोरोना शंक्रमणको आशंकामा ९ जना बच्चाहरु उपचाररत छन् । १५ महिना देखी १३ बर्ष उमेर समूहका ती बच्चाहरुमा २ जना भारतीय छन् ।
अहिले उनीहरुलाई अस्पतालले आइसोलेसनको रुपमा बनाएको क्याविनमा राखिएको छ ।

अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार ती बालबालिकाहरुलाई ‘ट्राभल हिस्ट्री’ र लक्षणका आधारमा कोरोना आशंका गरी आइसोलेसनमा राखिएको हो ।

‘सबैभन्दा कम उमेर भनेको १५ महिनाको बच्चा छ । दुबईबाट आएको फर्केको नेपाल परिवारको । अर्को १८ महिना र ११ बर्षको गरी दाजु बहिनी छन् । जो भारत हरियाणाबाट घुम्न आएको परिवारका सन्तान हुन् । अरु यतैका छन्,’ डा पौडेलले भने ।

उनले शंकास्पद ९ जनाकै थ्रोट स्वाव संकलन गरी कोरोना भाइरस परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको र त्यसमा एक जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । बाँकी ८ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

पीपीई समस्या उस्तै तर काम चलाउँदै
निर्देशक डा पौडेलका अनुसार बालबालिकाहरुको भिड हुने कान्ति अस्पताललाई पनि अन्य अस्पताललाई जस्तै प्रसर्नल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पीपीई) आवश्यकता नै छ । तर यताउता गरेर अहिलेसम्म निर्वाह चलाएको डा पौडेलले बताए ।

‘केही दिन अघि नेपाल अमेरिका मेडिकल ट्रष्टले केही सेट पिपिई सहित मेडिकल सामग्री सहयोग गरयो । हिजो चौधरी ग्रुपले पनि तीन सेट पीपीई पठायो । केही हामी आफैले पनि तयार गरयौँ । यसरी काम त चलाइएको छ । तर यसरी मात्रै पनि हुँदैन । यसको व्यवस्था माथिल्लो निकायले गरिदियो भने हामीलाई काम गर्न पनि ढुक्क हुन्थ्यो होला,’ पौडेलले बताए ।

उनले अहिले संख्या कम हुँदा क्याविनलाई नै आइसोलेसन बनाएर सेवा दिइरहेको बताए । उनले कान्तिमा पहिले देखि नै केही जनशक्ति कम भएको भन्दै कोरोना आशंकाका विरामी बढ्न थाल्यो भने त्यसबेला गाह्रो हुने संकेत गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *