धरानमा पनि कोरोनाभाइरस जाँच शुरु हुँदै, रिएजेन्ट पठाइयो

काठमाडौँ, १३ चैत । सरकारले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण शुरु गर्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस जाँच गर्ने किटसहितको प्राविधिक टोली त्यस तर्फ पठाएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले परीक्षण गर्ने किट (रिएजेन्ट) लिएर प्राविधिक टोली धरान गएको बताए । उनले भने, ‘केही किट तथा सामग्रीहरु विहान २ बजे पुगेको छ । थप केही सामग्री अहिले दिउसो जाँदैछ । ल्याव र बाँकी जनशक्ति त्यहाँ पनि छँदैछ । आज भोलिबाटै परीक्षण कार्य सुरु हुनसक्छ ।’

स्रोतका अनुसार मन्त्रालयले पहिलो लटमा १२० वटा स्याम्पल परीक्षण गर्न सक्ने किट पठाएको छ । थप किट केही दिनमै पठाउने तयारी हुँदैछ ।

यसअघि उच्चस्तरी समितिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल काठमाडौँ, धुलिखेल अस्पताल काभ्रेमा पनि परीक्षण शुुरु गर्ने तयारी भएको बताएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *