एसियन मेडि मार्टद्धारा एक दिनको औषधी बिक्रीबाट उठेको सम्पूर्ण रकम प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा
काठमाडौँ, १७ भदौ । यतिवेला के सरकारी – के निजी, के व्यक्ति-के संस्था, ठूलो परिमाणमा जनधनको क्षति हुने गरी गत १० भदौमा आएको भोटेकोशी त्रिशुली बाढी प्रभावितको उद्दार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा रकम दाखिला गर्ने क्रम पनि बढी रहेको छ ।
यहि क्रममा बसुन्धरास्थित एसियन मेडि मार्ट प्रालिले पनि मंगलबार उक्त कोषमा ४८ हजार ६ सय ३५ रुपैयाँ दाखिला गरेको छ ।
निजी औषधी पसल एसियनले बाढी पीडितका मंगलबार दिनभर बिक्री भएको औषधीबाट उठेको रकम कोषमा दाखिला गरेको जनाएको छ ।
एसियनका सञ्चालक किशोर घिमिरे अकल्पनीय रुपमा आएको भोटेकोशी त्रिशुली बाढीले दिएको पीडामा थोरै भए पनि मल्हम लगाउनका लागि सहयोग होस भन्दै रकम दाखिला गरेको बताए ।

‘बाढीले अकल्पनीय क्षति पुरयाएको छ । हजारौँ नागरिकको मृत्यु भएको छ, हजारौँ परिवार घरवारविहीन, परिवारविहीन भएका छन्, खर्वौको क्षति पुरयाएको छ । यो विपत्तीको बेला पीडितको सहयोगका लागि आफ्नो व्यवसायबाट पनि केही योगदान गर्न सकिन्छ भन्ने उद्देश्यले एसियनले यस्तो पहल गरेको हो,’सञ्चालक घिमिरेले बताए ।
उनका अनुसार मंगलबार एक दिनको बिक्री ४८ हजार ६ सय ३५ भएको थियो । बेलुका सोही रकम प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा दाखिला गरेको बताए ।
त्यसो त एसियन मेडि मार्टले यस अभियानमा बिरामी र तिनका आफन्तलाई पनि यो अभियानमा अप्रत्यक्ष रूपमा सहभागी गराएको छ। मंगलबार औषधि वा स्वास्थ्य सामग्री खरीद गर्न आएका ग्राहकले तिरेको रकम बाढीपीडितको सहयोगमा जाने भएपछि उनीहरूले तिरेको पैसा पनि राहत अभियानको हिस्सा बनेको छ।
मार्टले मंगलबार ग्राहकलाई भावनात्मक सन्देश दिँदै भनेको थियो, ‘तपाईंको आजको खरिद रकम बाढीपीडितको सहारा बन्दैछ।’
सरकारले बाढी आए लगत्तै स्वदेशी तथा विदेशी, सरकारी तथा निजी क्षेत्र, व्यक्ति तथा संस्था सबैलाई बाढी पीडितको राहत, उद्दार तथा पुर्नस्थापना एवं भौतिक संरचनाको पुर्न निर्माणका लागि ठूलो बजेट खर्च हुने भन्दै स्वेच्छाले योगदान गर्न आव्हान गरेको थियो । सोही आव्हान अनुसार अहिले राज्यकोषमा आठ अर्व बढी रकम जम्मा भईसकेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



