कोरोना संक्रमित तेस्रो व्यक्ति ६ चैतमा दुवईबाट आएका

काठमाडौँ, १२ चैत । नेपालमा कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति खाडी मुलुक दुवईबाट फर्किएको व्यक्ति भन्ने थाह भएको छ । टेकुस्थित शुक्रराज अस्पताल स्रोतका अनुसार उनी गत ६ चैतमा नेपाल आएका हुन् ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनी गत ११ चैतमा परीक्षणका लागि टेकु पुगेको अस्पताल स्रोतले बताएको छ । ३२ बर्षीय उनी धादिङका स्थायी बासिन्दा भएको समेत बताइएको छ ।

यसअघि जनस्वास्थ्य प्रयोगशालाले टेकु अस्पतालले पठाएको स्याम्पलमा पोजेटिभ देखिएको पुष्टि गरेको थियो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले अगाडी थपे ‘हामीले आज यसको सूचना सम्वन्धीत निकायलाई गराईसकेका छौँ,’ गुप्ताले अहिलेसम्म टेकुमा ६८७ जनामा कोरोना भाइरसको परीक्षण गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *