कोरोना संक्रमित तेस्रो व्यक्ति ६ चैतमा दुवईबाट आएका

9.4k
Shares

काठमाडौँ, १२ चैत । नेपालमा कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति खाडी मुलुक दुवईबाट फर्किएको व्यक्ति भन्ने थाह भएको छ । टेकुस्थित शुक्रराज अस्पताल स्रोतका अनुसार उनी गत ६ चैतमा नेपाल आएका हुन् ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनी गत ११ चैतमा परीक्षणका लागि टेकु पुगेको अस्पताल स्रोतले बताएको छ । ३२ बर्षीय उनी धादिङका स्थायी बासिन्दा भएको समेत बताइएको छ ।

यसअघि जनस्वास्थ्य प्रयोगशालाले टेकु अस्पतालले पठाएको स्याम्पलमा पोजेटिभ देखिएको पुष्टि गरेको थियो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले अगाडी थपे ‘हामीले आज यसको सूचना सम्वन्धीत निकायलाई गराईसकेका छौँ,’ गुप्ताले अहिलेसम्म टेकुमा ६८७ जनामा कोरोना भाइरसको परीक्षण गरेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *