दैलेखमा ‘फिजियोथेरापी’ सेवा शुरु


दैलेख, २७ माघ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा विस्तार गरिएको छ । पछिल्लो समय यस सम्बन्धी बिरामी बढ्दै गएपछि ‘फिजियोथेरापी’ सेवा शुरु गरिएको हो ।

सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ । विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको समस्या समाधानका लागि बिरामीहरुले फिजियोथेरापी रोज्ने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले बताए ।

फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्याण्डी क्याप इन्टरनेशनलले रु १० लाख बराबरको सामग्री उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारको बजेटबाट ‘फिजियोथेरापिस्ट’ कर्मचारी राखिएको छ । यो सेवा दैलेखसँगै छिमेकी जिल्लाका बिरामीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदाँ नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्ने सम्बन्धी रोगहरु उपचार हुने फिजियोथेरापिस्ट धना खड्काले बताए । दई हप्ताअघि शुरु भएको सो सेवाबाट हालसम्म ५० बढी लाभान्वित भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *