म्याग्दी : नवजात शिशु उपचारमा उपकरण सहयोग

96
Shares


म्याग्दी, २६ माघ । लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ बी वान नेपालले बेनी अस्पताललाई रु १७ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको छ ।

यहाँ रहेका लायन्स क्लबहरुको पहलमा नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरिएको लायन्सका गभर्नर इन्दु लम्सालले जानकारी दिइन् । । बेनीमा शनिबार सम्पन्न क्लबको बैठकको अवसरमा नवजात शिशुको उपचारमा प्रयोग हुने फोटोथेरापी, बच्चालाई तातो बनाउन प्रयोग हुने सक्सन , हेन्स सेनीराइटर र प्रिपेशन सेट प्रदान गरिएको थियो ।

अस्पतालका नर्सिङ अधिकृत खेमकुमारी पन्तले ती उपकरणले नवजात शिशुलाई जन्डिस, श्वासप्रश्वास तथा महिना नपुग्दै जन्मेको बच्चामा स्वास्थ्य समस्या देखिएमा उपचारमा सहज जानकारी दिइन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *