कुष्ठरोग निवारण अभियानमा बेल्जियम राजकुमारीको साथ

काठमाडौँ, ८ माघ । कुष्ठरोग निवारणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानलाई बेल्जियमका राजकुमारी अस्ट्रिडले साथ दिएकी छन् । एक साताका लागि नेपाल आएकी राजकुमारी अस्ट्रिडले डामिन फाउण्डेशनले आज यहाँ आयोजना गरेको कृष्ठरोग बारेको सेमिनारमा सहभागी भएकी हुन् ।

विश्व कुष्ठरोग दिवसको उपलक्षमा फाउण्डेशनले गरेको कार्यक्रममा सम्बन्धित विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै कृष्ठरोग निवारणका लागि भइरहेका प्रयासबारे जानकारी गराएकाम थिए। कार्यक्रममा कुष्ठ रोगबाट पीडित बुटवलकी शावित्रि श्रेष्ठ र छयरोगको समस्याको उपचाररत धनुसाका चन्द्रप्रकाश यादवले आफ्नो कथा व्यथा सुनाएका थिए । उक्त प्रस्तुतीलाई बेल्जियमका राजकुमारीले चासोपूर्वक लिएकी थिइन् ।

प्रोफेसर मधुसुधन सुवेदीले कुष्ठरोग निवारणसम्बन्धी नेपालको प्रगतिबारे कार्यपत्र प्रस्तुत गराका थिए । फाउण्डेशनका देशीय प्रतिनिधि डा सुशील कोइरालाले फाउण्डेशनले कुष्ठरोग र छयरोग निवारणसम्बन्धी जनचेतना अभिवृद्धिका साथै औषधि उपचारको लागि पहलकदमी गर्दै आएको जानकारी दिए । पाँच प्रदेशका १६ जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे ।

आगामी जनवरी ३० गते विश्व कुष्ठरोग दिवस मनाइँदैछ । विश्वमा हरेक दिन ६०० कुष्ठ रोगी पत्ता लागेको बताइन्छ । आधुनिक चिकित्सा विज्ञानले कुष्ठरोगीको उपचार गर्न सकिन्छ तर अझै पनि कुष्ठरोगी भएका समाजमा अपहेलित हुने गरेका छन् । नेपाललाई सन् २०२० सम्म पूर्ण रुपले कुष्ठ रोग निवारण देश बनाउने सरकारको लक्ष्य रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *