स्वास्थ्य शिक्षा सूचना केन्द्रको निर्देशकको जिम्मेवारी सुनिल शर्मालाई

काठमाडौँ, २२ पुस । स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा निर्देशकको जिम्मेवारी पुन सुनिल शर्माले पाएका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकको जिम्मेवारी एघारौँ तहका शर्मालाई दिएका हुन् ।

यसअघि असारमा भएको कर्मचारी समायोजन पछिको पदस्थापनमा उनलाई केन्द्रबाट मन्त्रालयमा तानिएको थियो । सूचना केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी भने १० औँ तहका कुन्ज जोशीले पाएका थिए ।

‘एघारौँ तहको कर्मचारीलाई मन्त्रालयमा तानेर पेन्डुलम बनाई १० औँ तहको व्यक्तिलाई जिम्मेवारी सुम्पिनु उपयुक्त लागेन त्यसैले शर्मालाई पुरानै जिम्मेवारीमा फर्काइएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *