नेपाल मेडिकल काउन्सिलका नव नियुक्त रजिष्ट्रार तथा सदस्यहरुले गरे पदवहाली

0
Shares

काठमाडौँ, १० पुस ।  नेपाल मेडिकल काउन्सिलका नव नियुक्त रजिष्ट्रार तथा सदस्यहरुले पदवहाली गरेका छन् । विहान स्वास्थ्य मन्त्रालयबाट नियुक्ति पत्र बुझेपछि आजै दिउसो काउन्सिल पुगेर पदवहाली गरेका हुन् ।

त्यसअघि स्वास्थ्य सचिव खगराज बराललले नवनियुक्त रजिष्ट्रार डा कृष्ण अधिकारी, मेडिकल तर्फबाट सदस्य भएका डा डा हरिहर वस्ती, डा सन्ध्या चाँपागाईँ, डेन्टल तर्फबाट सदस्य बनेका डा सुप्रभात श्रेष्ठ, डा. प्रेनितकुमार पोखरेल र उपभोक्ताबाट सदस्य बनेका किशोरविक्रम मल्ललाई नियुक्तीपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिकित्सा पेशाको गुणस्तर बढाउन तथा मर्यादित बनाउन पदाधिकारी तथा सदस्यहरुको हात हुने भन्दै त्यस दिशामा लाग्न आग्रह गरेका थिए ।

मन्त्रालयमा नियुक्त पत्र बुझे लगत्तै रजिष्ट्रार तथा सदस्यहरु काउन्सिल पुगेर पदवहाली गरेका थिए । काउन्सिलका निमित्त रजिष्ट्रार डा अंकुर शाहले नयाँ पदाधिकारीहरुको स्वागत गरेका थिए ।

मन्त्रिपरिषदको गत सोमबारको बैठकले काउन्सिलमा रिक्त रजिष्टार तथा सदस्य पदमा उनीहरुलाई नियुक्ति गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *