औषधि व्यवस्था विभागमा ‘हेल्प डेस्क’ स्थापना

948
Shares

काठमाडौँ, ६ पुस । औषधि व्यवस्था विभाग परिसरमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) काठमाडौँ शाखाको समन्वयमा विभाग परिसरमा हेल्प डेस्क स्थापना गरिएको हो ।

दैनिक रुपमा काम लिएर जाने औषधि व्यवसायीलाई सेवामा सहयोग पुगोस भन्ने हेतुले विभाग परिसरमा हेल्प डेस्क स्थापना गरिएको एनसीडीए काठमाडौँ शाखाका महासचिव शुभमान श्रेष्ठले बताए ।

एनसीडीए काठमाडौँ जिल्ला शाखा स्थापना भएको १०० दिन पुगेको अवसर पारी आइतबार विभागका प्रवक्ता सन्तोष केसी र एनसीडीएका महासचिव श्रेष्ठले संयुक्त रुपमा हेल्प डेस्कको उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै महासचिव श्रेष्ठले व्यवसायीको काम गर्न हेल्पडेस्कले धेरै नै सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सो अवसरमा उनले आम जनता तथा औषधि व्यवसायीलाई सहयोग पु¥याउन जिल्ला शाखाले वेवसाइटको निर्माण र अक्षय कोषको स्थापना गर्न लागेको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *