एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको नयाँ ‘रोडम्याप’ बनाईदै

चितवन, ४ पुस । एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको रोडम्याम बनाउने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले साझेदार विभिन्न संघसंस्थासंग छलफल गरेर यो प्रक्रियालाई अघि बढाएको हो ।

गत मंगलबार देखि विहीबारसम्म सौराहा चलेको तीन दिने आवासीय कार्याशाला गोष्ठीले स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको खाका तय गर्ने कार्यको शुरुवात गरेको छ । सो कार्यमा विभागका अलावा विकास साझेदार संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

‘मुलुक संघीय संरचनामा गईसकेको अवस्था छ । अब पुरानो सूचना प्रणालीले काम नगर्न सक्छ । अव एकीकृत सूचना प्रणालीको व्यवस्थापन गर्नुपर्छ,’ व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले भने ।

‘यसअघि विभिन्न चरणमा छलफल भईसकेपछि अब चाहि एकीकृत स्वास्थ्य सूचना प्रणालीलाई व्यवस्थित गर्न रोडम्याम बनाउन थालेका हौँ,’ व्यवस्थापन महाशाखा अन्तरगर्तको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका प्रमुख बद्रीनाथ ज्ञवालीले भने ।

‘सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरुसंग स्थानीय तहका डाटाहरु केन्द्रसम्म कसरी ल्याउने ? र युनिभर्सल हेल्थ कभरेज र एसडीजीलाई कसरी सहयोग हुनसक्छ भनेर रोडम्याप तयार गर्न शुरु गर्यौ,’ उनले भने ।

कार्याशाला गोष्ठीमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोशन पोखरेल, वाताबरणीय स्वास्थ्य तथा स्वास्थ्य संस्थाजन्य फोहोर मैला व्यवस्थापन शाखा प्रमुख चुडामणी भण्डारी, व्यवस्थापन महाशाखाका कृष्णबहादुर चन्द सहित स्वास्थ्यकर्मी र साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *