प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च २ लाख ५५ हजार

काठमाडौँ, १९ मंसिर । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार  खर्च अढाई लाख नाघेको जनाएको छ । दश दिन अघि एपेन्डिसाइटिसको उपचार गर्न प्रधानमन्त्री ओली सेन्टरमा भर्ना भएका थिए ।

आज डिस्चार्ज हुँदै गर्दा सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले उपचारमा लागेको खर्च सुनाएका हुन् ।

‘गत मंसिर १० गते देखि आजसम्मको उपचार खर्च दुई लाख ५४ हजार ६ सय ८८ रुपैयाँ ४९ पैसा भयो,’ प्राडा श्रेष्ठले अगाडी थपे, ‘शल्यक्रिया र आईसियूले गर्दा खर्च अलि बढी देखिएको हो ।’

प्रधानमन्त्री ओली दश दिन लामो उपचार पछि पौने चार बजे अस्पतालबाट बालुवाटार फर्केका हुन् । बाहिरि घाउ निको देखिएपनि भित्री घाउ निको हुन केही समय लाग्ने भन्दै चिकित्सकहरुले केही दिन आराम गर्नुपर्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *