सेनाको मेडिकल कलेजले पनि अतिरिक्त शुल्क समायोजन गर्ने

काठमाडौँ, १३ मंसिर । नेपाली सेनाको मेडिकल कलेजले पनि विद्यार्थीबाट उठाएको अतिरिक्त शुल्क फिर्ता गर्ने भएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल समक्ष सो प्रतिवद्धता जनाएका हुन् ।

नेपाली सेनाको स्वास्थ्य अध्ययन् संस्थानले पनि अतिरिक्त शुल्क लिएको गुनासो बढेपछि शिक्षा मन्त्री पोखरेलले सेनापति थापालाई बोलाएका थिए । सो क्रममा सेनापति थापाले आफ्नो मेडिकल कलेजले सरकारको निर्णय मान्ने बताएका हुन् ।

मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको निजी मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन चर्काएपछि शिक्षा मन्त्रालय र निजी मेडिकल कलेजबीच दुई बुँदे सम्झौँता भएको थियो । सो क्रममा निजी मेडिकल कलेज सञ्चालकहरुले सेनाको कलेजले पनि अतिरिक्त शुल्क उठाएको जानकारी दिएका थिए । केही विद्यार्थीहरुले सो सम्वन्धी उजुरी समेत गरेका थिए ।

शिक्षा मन्त्रीका सचिवालय सदस्य विनोद न्यौपानेका अनुसार प्रधान सेनापति थापा सरकारले शुल्कको विषयमा लिएको निर्णयमा आफूहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *