प्रधानमन्त्रीले भने, ‘मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ’

काठमाडौँ, १२ मंसिर । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको बताएका छन् ।

केही बेर अघि आफ्नो ट्विटर ह्याण्डल मार्फत उनले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै चासो राख्ने सबैमा धन्यवाद समेत भनेका छन् ।

प्रधानमन्त्री ओलीको गत मंगलबार मनमोहन सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । मिर्गौलाको समस्याबाट जुधिरहेका ओलीमा एक्कासी अर्को समस्या देखिदा धेरैले उनको स्वास्थ्य प्रति चिन्ता व्यक्त गरेका थिए ।

उपचारमा सम्लग्न चिकित्सकहरुले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षा अनुरुप सुधार आएको बताएका छन् । यद्धपी उनीहरुले संक्रमणको जोखिमबाट बचाउन उनलाई आइसियू कक्षमै राखेको बताएका छन् भने भेटघाटलाई पूर्ण रुपमा बन्द गरेका छन् । अहिले उनलाई भेटन उपचारमा सम्लग्न चिकित्सक बाहेक परिवारका केही सदस्यले मात्रै पाएका छन् ।

उपचारमा टोली संयोजक प्राडा अरुण सायमीले प्रधानमन्त्री ओली झोल कुरा खान थालेको, सामान्य हिडडुल गर्न थालेको बताएका छन् । यस्तै ओलीले आजबाट सामाजिक सञ्जाल हेर्न समेत थालेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *