नेपालमा औषधि निर्यात गर्ने २१ वटा विदेशी कम्पनी जीएमपी पास, दुई वटा फेल

काठमाडौँ, १ मंसिर । नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमा गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्ड लागू भएको छ कि छैन् भन्दै स्थलगत निरीक्षणमा निस्किएको औषधि व्यवस्था विभागको टोलीले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।

विभागको टोलीले गत असारमा भारत, बंगलादेश, भियतनाम, युक्रेन, जोडर्न र फिलिपिन्समा रहेका विभिन्न २३ वटा उद्योगमा पुगी जीएमपी मापदण्डको निरीक्षण गरेको थियो ।

सो क्रममा २ वटा भारतीय उद्योगहरु जीएमपी फेल भएको छ । जीएमपी फेल भएकाहरुमा नागपुर भारतमा रहेको युनिजुलेस लाईफ साइन्सेज लिमिटेड र पटना विहारमा रहेको श्री बैद्यनाथ आयुर्वेद भवन प्रालि रहेका छन् । यी दुबै उद्योगहरुले आयुर्वेदिक औषधि उत्पादन गरी नेपालमा निर्यात गर्ने गरेका थिए ।

‘अब नयाँ दर्ता हुने कम्पनीको जीएमपी कम्प्लाई हुनैपर्छ । पुरानोले पनि सो मापदण्ड पु¥याउनै पर्छ । विभागको टोलीले २३ वटा निरीक्षण गर्दा दुईवटाको मापदण्ड पुगेन,’ विभागका महानिर्देशक पान बहादुर क्षेत्रीले भने ।

विभागका प्रवक्ता सन्तोष केसीले नेपाललाई औषधि निर्यात गर्ने विदेशी कम्पनीको संख्या ३५० बढी भएको बताए । उनले हालसम्म ८० बढी कम्पनीको जिएमपी कम्प्लाइन छ कि छैन भनि निरीक्षण गरिसकेको बताए । ‘यो औषधिको गुणस्तरसंग जोडिएको कुरा भयो । त्यसैले नयाँ मापदण्डले अव जीएमपी अनिवार्य गरेको छ । त्यसैको प्रतिवेदन सार्वजनिक गरेका हौँ,’ उनले भने ।

विभाग अघिल्ला बर्षका तुलनामा निरीक्षण प्रतिवेदन यसपटक छिटो सार्वजनिक गरेको जनाएको छ । ‘गत असार तिर निरीक्षणमा गएको हो । अहिले प्रतिवेदन सार्वजनिक भईसक्यो । यो निकै छिटो हो’ विभागका महानिर्देशक क्षेत्रीले भने ।

जीएमपीमा कुन कुन कम्पनी पास कुन कुन फेल ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *