चिकित्सा शिक्षा संघर्ष समितिद्धारा आइओएम डीन कार्यालय घेराउ

काठमाडौँ, २१ कात्तिक । सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजविरुद्ध आन्दोलन गरिरहेको मेडिकल विद्यार्थीहरुको समूह चिकित्सा शिक्षा संघर्ष समितिले आज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन कार्यालय परिसरमा प्रदर्शन गरेको छ ।

विहान साढे ११ बजे देखि विद्यार्थीहरुले डीन कार्यालय परिषरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने, ती कलेजको सम्वन्धन खारेज गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको उक्त प्रदर्शनमा विद्यार्थीहरुले आइओएमका पदाधिकारीहरु मेडिकल कलेज माफियासंग डराएको आरोप समेत लगाए ।

पछिल्लो समय गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज तथा युनिभर्सल मेडिकल कलेज लगायतमा विद्यार्थीहरुले बढी शुल्क लिएको भन्दै कलेज विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *