‘स्वास्थ्यको समायोजनको ९८ प्रतिशत सम्पन्न भयो’

महेन्द्रप्रसाद श्रेष्ठ, संयोजक : गुनासो व्यवस्थापन एवं सहजिकरण समिति

समायोजनको गुनासो गर्ने म्याद सकिदा स्वास्थ्यकर्मीको गुनासो त सकिएको देखिएन, यस्तो किन भइरहेको छ ?
गुनासो त आई राख्छ । पाइक पर्ने ठाँउमा मानिसलाई चाहिएको छ । गुनासो हामीले दर्ता समेत गरिरहेका छौँ । काम नभएको हुनाले उहाँहरुले पुन गुनासो दर्ता गराएका हुन् । थप प्रमाणहरु पेश गरेर गुनासो दर्ता गराउने काम भइरहेको छ । जस्तो कतिपय गुनासा अझै पनि त्यो ठाँउमा रिक्त छ । पद समूह मिल्छ । घर पायक मिल्छ भनेर थप प्रमाणहरु जुटाउनु भएको छ र आउनु भएको छ । यो स्वभाविक पनि मान्नु पर्ला ।

समायोजनमा किन यस्तो समस्या देखियो ?
समस्या दुई कुराले भएको छ । पहिलो कुरा यो समायोजन स्वास्थ्य मन्त्रालयलाई सुरुमै दिएको भए समस्या हुने थिएन । सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया शुरु गरेकाले समस्या त्यहिबाट शुरु भयो । किनभने त्यहाँ जुन समायोजन भयो त्यो नै गलत थियो । किनभने स्वास्थ्यको मर्म त स्वास्थ्यलाई नै थाह थियो । सबैभन्दा बढी कर्मचारी स्वास्थ्यको छ , स्थानीय तहमा जाने ४० प्रतिशत बढी कर्मचारी पनि स्वास्थ्यको छ । यसअघि पनि उहाँहरु त्यहि रहेर काम गरिराख्नु भएको थियो । तर समायोजनमा सामान्यले प्रयोग गरेको सफ्टवेरले भताभुंग बनाइदियो । उत्तरको मान्छे दक्षिण, पूर्वको मान्छे पश्चिम पठाइदियो ।

दोस्रो समस्या भनेको यो जसले गरे पनि आउने समस्या हो । मानिसहरुको बसाई अहिले शहर र तराई केन्द्रीत हुन थाल्यो । बसाईसराई भएपछि सबैलाई पायक पर्ने ठाँउमा राख्नु पर्ने भयो । यसले शहर र तराई क्षेत्रमा घर पायक मिलाउँन खोज्दा समस्या भयो । जस्तो काठमाडौँमा साढे तीन सय जति अनमी र नर्सको दरबन्दी हो । तर यहाँ अहिले २ हजार बढीको माग आएको छ । जो असम्भव छ । त्यस्तै तराईँमा २ नम्बर प्रदेशमा अब देशभर छरिएर रहेका त्यहाँका स्वास्थ्यकर्मीहरु थुप्रिने भए । यसले निकै भद्रगोल बनाउनेवाला छ ।

समायोजन यति लम्बिदा समेत स्वास्थ्य मन्त्रालयले यस विषयमा गम्भीरता देखाएन भन्ने आरोप छ नि ?
समायोजन लम्बिएको विषयमा स्वास्थ्य मन्त्रालय गम्भीर छ र दुखित पनि छ । किनभने यो चैत देखि शुरु भएको प्रक्रिया हो । कात्तिकसम्म आउँदा पनि सम्पन्न भएको छैन । यसैले हामी दुखी छौँ । मन्त्रालयमा हेर्नुहोस कति भिड छ । स्वास्थ्यकर्मीले कति दुख पाइरहेका छन् । यो सबै हाम्रै भाईसाथीको पिडा त हो नि ।

उसो भए अब समायोजनको विषय कहिले टुंगिन्छ ?
यसमा देखिएको मेजर समस्याहरु अब एक साता भित्र टुंगिन्छ । जेनयुन रुपमा नगरी नहुने जो कुरा छ नि ,जस्तो रिक्त छ, दुख छ, विरामी छ, ठाँउ छ यस्तोलाई हामी एक साता भित्र टुंग्याउँछौँ । त्यसपछि बाँकीलाई हेर्नेछौँ । त्यसलाई क्रमश मिलाउँदै लैजानेछौँ । सबैले काठमाडौँ, बिराटनगर, चितवन जस्तरी माग्नुभएको छ । त्यो त मिलाउन सकिदैन । त्यसैले उहाँहरु अझ केही दिन त आइरहनु होला । तर खास समायोजनामा दिएको समस्या टुंग्याएको भन्दा हुन्छ ।

काठमाडौँ उपत्यका खोज्दै आउनेलाई कसरी मिलाउनु हुन्छ ?
काठमाडौँ उपत्यका मात्रै होइन वरपरका मकवानपुर, काभ्रे, धादिङ, नुवाकोट लगायतका जोडिएका जिल्लाहरुमा पनि प्याक भईसकेको छ । त्यसैले अब मिलाउँदा ती बाहेककै स्थानमा जानुपर्न हुनसक्छ । तर सकेसम्म मिलाउने कोषिश नै हुन्छ हाम्रो ।

समायोजन प्रक्रिया कति प्रतिशत सकियो ?
समायोजनको प्रक्रिया ९८ प्रतिशत सकियो । बैद्य र ल्याव असिस्टेन्टको चिठी पठाउन बाँकी हो । त्यो पनि आज भोलिमै पठाइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘स्वास्थ्यको समायोजनको ९८ प्रतिशत सम्पन्न भयो’

  1. य य हो जस्तो लागेन मलाई मैले 2 ई पटक निबेदन दिय पैलो पटक सुनुवाई नै भ्यन मेरो घर रुकुम पश्चिम आठ्बिस्कोट नगर्पालिका ward num 4 हो मैले समायोजन मागेको नि यहि हो त्र मलाई आठराई गाउपालिका तेह्रथुम म समायोजन गरियो कि न होला??अनि कसरी जाहेजनिबेदन सम्बोधन भयो त सोधिदिनु होला प्रबता ज्यु लाई ।।।नपत्या 215895 citrolnum हेर्नोस अनि क्लेअर पारिदिनु होला ////

Leave a Reply

Your email address will not be published. Required fields are marked *